Skip to content
Prabhu

रेकर्ड कायम गरेको दिन धेरै सेयर मूल्य बढ्ने कम्पनी, तीन कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । बिहीबार सेयर बजारमा तीन कम्पनीको मूल्य १० प्रतिशतले बढेर बन्द भएको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक र कारोबार दुवै बढेको दिन बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जिको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

आजको कारोबार बन्द हुँदा बुटवल पारको सेयर मूल्य ४४ रुपैयाँ २० पैसाले बढेर ४८६ रुपैयाँ २० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीको सेयर मूलय १ हजार ६९० रुपैयाँले बढेर १८ हजार ५९० रुपैयाँ पुगेको छ । आज १० प्रतिशतले बढेको मोदी इनर्जिको सेयर मूल्य पनि ३१ रुपैयाँले बढेर ३४१ रुपैयाँमा पुगेको छ ।

त्यस्तै आज धेरै मूल्य बढ्ने कम्पनीको शीर्ष पाँचमा परेका कम्पनीमा नेपाल इन्भेष्टमेन्ट मेघा बैंक र एनएमबी बैंक रहेका छन् । आज नेपाल यन्भेष्टमेन्ट मेघाको सेयर मूल्य २४ रुपैयाँले बढेर २७३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.६४ प्रतिशतले धेरै हो । एनएमबी बैंकको सेयर मूल्य आज २४ रुपैयाँ २० पैसाले बढेर २८१ रुपेयाँ २० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ९.४२ प्रतिशतले धेरै हो । आज सेयर बजारमा १०५ कम्पनीको सेयर मूल्य बढेको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal