Skip to content
Prabhu

संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित

काठमाडौं । संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । सङ्घीय संसद, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन् ।

बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरेका हुन् ।

ज्येष्ठ सदस्य जबराले नेपाली कांग्रेसको सांसदसमेत रहेएका नवनिर्वाचित सभापति न्यौपानेलाई बधाई तथा शुभकामनासमेत व्यक्त गरे । आज साँझ सभामुख देवराज घिमिरेबाट नवनिर्वाचित न्यौपानेले शपथ ग्रहण गर्दै छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal