Skip to content
Prabhu

१० वटा ठूला बैंकको लेखापरीक्षण गर्ने जिम्मा राष्ट्र बैंकले भारतीय कम्पनीलाई दियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वटा वाणिज्य बैंकको अन्तर्राष्ट्रिय स्तरको लेखापरीक्षण गर्ने जिम्मा भारतको केपीएमजी कम्पनीलाई दिएको छ ।

राष्ट्र बैंकले गरेको बोलपत्रमा भारतीय कम्पनी केपीएमजी एस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज लेखापरीक्षण गर्नको लागि छनोट भएको हो ।

राष्ट्र बैंकले बोलकबोल प्रक्रिया अनुसार केपीएमजीलाई छनोट गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)सँग लिएको ऋण अनुसार नेपालका १० वटा ठूला बैंकको लेखापरीक्षण अन्तर्राष्ट्रिय स्तरको फर्मबाट गराउनुपर्ने थियो । त्यही शर्त अनुसार लेखापरीक्षणको काम अगाडि बढेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal