Skip to content
Prabhu

लिबर्टी माइक्रो लाइफको आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । आज सम्पन्न कम्पनीको विशेष साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

विशेष साधारण सभामा कम्पनीका अध्यक्ष निकोलस पाण्डेले जारी पुँजी अन्तर्गत सर्वसाधारण समूहका लागि छुट्टाइएको ३० प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँको सेयर निष्कासन गर्न लागेको जानकारी गराए । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

आईपीओ बिक्रिबाट प्राप्त हुने २२ करोड ५० लाख रुपैयाँ नेपाल बीमा प्राधीकरणबाट लघु जीवन बीमा कम्पनीहरुका लागि जारी निर्देशिकाको अधीनमा रही लगानी गर्ने जनाइएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal