Skip to content

वीरगञ्जबाट १७ लाख १० हजार मूल्यको इलेक्ट्रिक चुरोट बरामद

nabil bank

वीरगञ्ज । सशस्त्र प्रहरी बल १७ लाख १० हजार छ सय ५० रुपैयाँ मूल्य बराबरको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा–१६ स्थित भन्सार कार्यालयको मुख्यगेट नजिकैबाट भारततर्फ लुकाइछिपाइ लैजाने क्रममा रहेको चार सय ५० थान भेप आ बरामद गरिएको हो ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले भन्सारको मुख्य गेटनजिकै प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले चेकजाँचका क्रममा टाँगाभित्र फल्स बटम बनाएर लुकाएर राखेको इलेक्ट्रिक चुरोट बरामद गरेको जानकारी दिए।

‘भारततर्फ लैजानका लागि बाटोमा रोकिराखेको टाँगाबाट सो भेप बरामद भएको हो’, उनले भने, ‘बरामद भएको भेप आजै वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरेका छौँ ।’

यसअघि पर्सा प्रहरीले गत साउन २४ गते ५ करोड रुपैयाँ मूल्य पर्ने ७६ कार्टुन इलेक्ट्रिक भेप बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालयले पर्साले वीरगञ्ज महानगरपालिका–६ रेल्वेरोडस्थित रामप्रसाद बैरेको पक्की घरमा भाडामा दिएको कोठाबाट ७६ कार्टुन अर्थात १५ हजार दुई सय थान इलेक्ट्रिक भेप बरामद थियो । एक कार्टुनमा दुई सय थान भेप भेट्टिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime