Skip to content
Prabhu

पाइलटले म योग्य छैन भन्दै विमान अवतरण गर्न नमानेपछि…

एजेन्सी । अलास्का एयरलाइन्सका एक पाइलटले म विमान अवतरणका लागि योग्य छैन भनेपछि विमानलाई डाइभर्ट गरिएको छ । स्काइ वेस्टले सञ्चालन गरेको ३४९१ नम्बरको उडान भरिरहेका पाइलटले आफू वायोमिङमा रहेको ज्याक्सन होल एयरपोर्ट (जेएसी) मा आफू अवतरणका लागि प्रमाणित नभएको उल्लेख गरेपछि विमान डाइभर्ट गराएका थिए ।

विमानमा सवार एक यात्रुको रेडिटमा लेखेको विवरण अनुसार, फ्लाइट अटेन्डेन्टहरू अवतरणको तयारी गरिसकेका थिए, त्यही बेला आफू अवतरणका लागि प्रमाणित नभएको अप्रत्याशित घोषणा गरेका थिए । “हेलो, मलाई माफ गर्नुहोस्, तर मसँग ज्याक्सन होलमा अवतरण गर्न प्रमाणिकरण नभएकाले हामीलाई साल्ट लेक सिटी, युटाहतर्फ जानुपर्ने अवस्था छ । त्यसपछि के गर्ने भन्ने विषयमा पछि जानकारी दिइनेछ ।”

त्यसपछि विमान साल्ट लेक सिटीतर्फ मोडियो । जहाँ इम्ब्रायर इआरजी १७५ ट्विन जेट सुरक्षित अवतरण गरेको थियो ।

साल्ट लेक सिटीमा मोडिएपछि, विमान लगभग डेढ घण्टा मैदानमा अड्किएको थियो । त्यसपछि नयाँ पाइलट आएपछि विमान पुनः उडान भभरी ज्याक्सन होलमा अवतरण गरेको थियो । जसमा पाइलटका कारणले यात्रुले निकै दुःख पाएको उल्लेख गरिएको छ । उनीहरुको उडान तीन घण्टा ढिलो भएको जनाइएको छ ।

स्काईवेस्टले पनि उक्त घटनालाई पुष्टि गरेको छ । यसलाई आवश्यक कागजी प्रक्रिया पूरा नभएकाले त्यसो भएको भनिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal