Skip to content
Prabhu

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलमा ९ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा २० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख ५० हजार ५ सय रुपैयाँ रहेको थियो ।

सुनको मूल्य घटेको दिन शुक्रबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । अघिल्लो दिन १ हजार ७ सय ४० रुपैयाँमा खरिद बिक्री भएको चाँदी आज १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ४५३.०४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २८.११ डलरमा कारोबार भइरहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal