Skip to content
Prabhu

आज ३ कम्पनीको साधारणसभा

काठमाडौं । शुक्रबार तीनवटा कम्पनीको साधारणसभा बस्दै छ । आज सूर्योदय वोमी लघुवित्त, श्रृजनशील लघुवित्त वित्तीय र आरती पावर कम्पनीको साधारणसभा बस्ने भएको हो ।

सूर्योदय वोमी लघुवित्तको साधारयणसभा ललितपुरस्थित लुभु पार्टी प्यालेसमा आयोजना हुँदै छ । संस्थाको साधारणसभाले एफपीओसहित कायम चुक्ता पुँजीको १४.००५१४३ प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान र नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै आव ०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

त्यस्तै श्रृजनशील लघुवित्तको साधारण सभा महोत्तरीको बर्दिवासस्थित विनायक होटलमा आयोजना गरिदै छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै आव ०८०÷८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एकजना सदस्यको निर्वाचन गर्नेछ ।

यी दुवै लघुवित्तका साधारण सभाले मर्जरका लागि उपयुक्त वित्तीय संस्था पहिचान गरी मर्जर सहमतिमा हस्ताक्षर गर्ने र सोका लागि तथा आवश्यक कुनै विषयमा थप संशोधन र परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

आज नै साधारणसभा रहेको आरती पावर कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने र सोबाट प्राप्त हुने रकम उपयोग गर्ने, गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यो कम्पनीको साधारणसभा काठमाडौंको टोखा नगरपालिका–८ स्थित पारिजात पार्टी प्यालेसमा आयोजना हुने छ । सभाले कम्पनीको सेयर पुजीको समूहगत वर्गीकरण संसोधन गर्न कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा ४ संसोधन गर्ने र कम्पनीको नियमावलीको नियम २७ बमोजिम संचालक समिति चयन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्ने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal