Skip to content
Prabhu

मानुषी लघुवित्तको खुद नाफा धनात्मक

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत आर्थिक वर्षमा धनात्मक बनेको छ। अघिल्लो आर्थिक वर्षमा ऋणात्मक रहेको कम्पनीको नाफा गत आवमा धनात्मक बनेको हो ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १ करोड ९१ लाख धनात्मक भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४ करोड ४२ लाख ऋणात्मक थियो । गत आवमा कम्पनीको सञ्चालन नाफा ऋणात्मकबाट धनात्मक भएकाले खुद नाफा पनि धनात्मक भएको हो ।
अघिल्लो आवमा कम्पनीको सञ्चालन नाफा रू. ४ करोड ४३ लाख ऋणात्मक रहेकोमा गत आवमा २ करोड ७२ लाख रुपैयाँ धनात्मक भएको छ ।

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा १ दशमलव ३८ प्रतिशत सामान्य घटेको छ । अघिल्लो आवमा कम्पनीले ८ करोड ९४ लाख खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष घटेर ८ करोड ८२ लाखमा झरेको छ । गत वर्ष नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी अघिल्लो आवमा ४० रुपैयाँ ४४ पैसा ऋणात्मक रहेकोमा गत आवमा १७ रुपैयाँ ५३ पैसा धनात्मक भएको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ २ पैसा छ ।

चुक्ता पुँजी १० करोड ९३ लाख रहेको कम्पनीले गत आवमा रिजर्भमा ५ करोड ४७ लाख भन्दा बढी सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा १ करोड ४२ लाख छ । गत आवमा कम्पनीले ९८ करोड ७८ लाख बढी निक्षेप संकलन गरेको छ भने १ अर्ब २८ करोड ५३ लाख बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ७ दशमलव ९० प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ४ दशमलव ४६ प्रतिशतमा झरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal