Skip to content
Prabhu

नेपाल राष्ट्र बैंकले माग्यो ५२ जना कर्मचारीका लागि आवेदन

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै विभिन्न पदहरुमा ५२ जना कर्मचारी माग गरेको हो ।

केन्द्रीय बैंकले सहायक निर्देशक, सहायक र सहायक (सूचना प्रविधि) पदमा रोजगारीको अवसर खुलाएको छ । उक्त पदहरुमा लोकसेवाले लिखित परीक्षा लिने भएका कारण परीक्षा मितिपछि सार्वजनिक हुने केन्द्रीय बैंकले जनाएको छ ।

बैंकका अनुसार उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट प्लस टु देखि स्नाकोत्तर सम्मको शैक्षिक योग्यता हुनुपर्ने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal