Skip to content
Prabhu

कर वृद्धिविरुद्ध हेटौंडाका व्यवसायीले बुझाए उपमहानगरलाई साँचो

काठमाडौं । कर वृद्धिको विरोधमा हेटौंडा व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर साँचो उपमहानगरलाई बुझाएका छन् । मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले नाराबाजी गरिरहेका व्यवसायीको भीडमा आएर साँचो बुझेका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धिविरुद्धको आन्दोलनलाई साथ दिंदै व्यवसायीहरूले शुक्रबार आफ्ना व्यवसाय बन्द गरेर उपमहानगर कार्यालयमा धर्ना दिएका हुन् । मेयर र उपमेयरले केही प्रतिनिधिभित्र आउन गरेको आग्रह अस्वीकार गर्दै व्यवसायीहरूले बाहिरै आएर साँचो बुझ्न आग्रह गरेका थिए ।

त्यसपछि मेयर र उपमेयर बाहिर आएरै व्यवसायीको साँचो बुझेका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal