Skip to content
Prabhu

त्रिवेणी स्पिनिङ मिल्सको व्यापारमा गिरावट, १ वर्षमा २ अर्ब ३८ करोडको व्यापार

काठमाडौँ । एक वर्षको अवधिमा त्रिवेणी स्पिनिङ मिल्सको २ अर्बमाथिको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा २ अर्ब ३८ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२२ मा ३ अर्ब ७१ करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा भने १ अर्ब ८० करोडको व्यापार गरेको थियो । सन् २०२२ को तुलनामा सन् २०२३ मा कम्पनीको व्यापार केही घट्न पुगेको छ । विदेशमा माग कम भएपछि नेपालबाट धागो निर्यातमा कमि आएको हो । आर्थिक मन्दीलगायत नीतिगत अस्थिरताले समेत व्यापार केही धक्का दिएको देखिएको छ ।

नेपाली स्पिनिङको धागो स्वदेशलगायत भारत र टर्कीमा निर्यात हुने गरेको छ । यसपटक निर्यातमा भारी गिरावट आएपछि कम्पनीको व्यापार खुम्चिएको हो । अघिल्लो वर्ष ७७ प्रतिशत निर्यात बढेकोमा गत वर्ष ७१ प्रतिशत घटेको छ । टर्कीमा २०२३ को फेब्रुअरीमा गएको विनाशकारी भूकम्पपछि त्यहाँको बन्दरगाहमा भीडभाडले त्रिवेणीले आफ्नो सामान टर्कीमा निर्यात गर्न सकेन ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal