Skip to content
Prabhu

थामे बाढी : विज्ञसहितको टोली भोलि अध्ययनका लागि जाने

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामे खोलामा गएको बाढीबारे अध्ययन गर्न भोलि (शनिबार) विज्ञसहितको टोली त्यसतर्फ जाने भएको छ । राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनिकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल पोखरेलसहित विज्ञहरुको टोली त्यसतर्फ जान लागेको हो ।

टोलीले शुक्रबारै त्यसतर्फ जाने प्रयास गरेको थियो । तर, मौसमका कारण नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान नसेपछि टोलि भोलि मात्रै त्यस तर्फ जाने भएको हो ।

टोलीले ‘हिमपहिरो हो वा अन्य कुनै कारणले आएको हो भन्ने कुरा निर्क्यौल गर्ने छ । थामे खोलामा शुक्रबार दिउँसो आएको बाढीमा परेर केही घर, होटल र रिसोर्टहरु बगेका छन् भने नेपाली सेनाले ७ जनाको उद्दार गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal