Skip to content
Prabhu

यात्रुका लागि गज्जबको अफर, ४९९ यूरोमा एक वर्षभरी विमान चढ्न पाइने 

एजेन्सी । हंगेरीको विज एयरले ‘अल यू क्यान फ्लाइ’ अफर ल्याएको छ । जसअन्तर्गत ४९९ यूरो तिरेर एक वर्षका लागि असीमित हवाई उडान गर्न पाउनेछन् । आगामी सेप्टेम्बरदेखि लागू हुने यस नियमअन्तर्गत यात्रुले यूरोप, उत्तर अफ्रिका, मध्यपूर्व, र एसियाका गन्तव्यमा यात्रा गर्न सक्नेछन् । यात्रुहरुले अगष्ट १६ देखि यो पास बनाउन सक्नेछन् ।
यो पास विशेष गरी ती यात्रुहरूका लागि उपयोगी हुन सक्छ जो प्रायः यात्रा गरिरहेका  हुन्छन् ।  तुरुन्तै योजना परिवर्तन गर्ने यात्रुका लागि पनि यो अफर फलदायी हुने अपेक्षा गरिएको छ । एयरलाइन्सले आफूले सेवा प्रवाह गरिरहेका विमानस्थलबाट १० हजार पास बिक्री गर्ने लक्ष्य लिएको बताएको छ ।
तर अफरमा केही सर्त भने छन् । जस्तै यात्रा गर्नु अघि मात्र ७२ घण्टाभित्र बुकिङ गर्नुपर्नेछ भने तपाईंले सीमित सामान मात्रै बोक्न पाउनुहुनेछ । साथै सिट उपलब्धता पनि अनिश्चित हुनेछ । उक्त पासले सामान बोक्न, सिट रोज्न, वा प्राथमिकता बोर्डिङ नपाइने एयरलाइन्ले जनाएको छ । यदि ती सुविधा लिनु परेमा थप शुल्क बुझाउनुपर्नेछ ।
यस पासको अर्को चुनौती भनेको एयरलाइन्सले सबै यात्रुहरूलाई सिट उपलब्ध गराउन सक्ने ग्यारेन्टी गर्दैन । यस्ता धेरै यात्रुहरूलाई एउटै फ्लाइटमा सिट उपलब्ध नहुन पनि सक्छ । यो एकल यात्रुका लागि लाभदायक हुन सक्ने जनाइएको छ ।
तर, पर्यावरणीय दृष्टिकोणले, बजेट एयरलाइन्सको विस्तारले उड्डयनको वातावरणीय रेकर्डलाई खराब बनाएको आलोचना पनि हुँदै आएको छ ।
बीबीसीले भने यस्तै प्रकारको योजना यसअघि अमेरिकाको फ्रन्टेइर एयरलाइन्स र मलेसियाको एयर एसियाले पनि ल्याएको उल्लेख गरेको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal