Skip to content
Prabhu

ओलाको विद्युतीय स्कुटर, फूल चार्जमा ५७९ किलोमिटर

nabil
एजेन्सी । ओला इलेक्ट्रिकले भारतीय बजारमा आफ्नो पहिलो इलेक्ट्रिक बाइक रोडस्टर सार्वजनिक गरेको छ । इलेक्ट्रिक टु ह्विलर्स निर्माता कम्पनीले आफ्नो वार्षिक कार्यक्रममा ‘संकलप २०२४’ अन्तर्गत बाइकका तीन मोडल रोडस्टर, रोडस्टर एक्स र रोडस्टर प्रो सार्वजनिक गरेको हो ।
कम्पनीले रोडस्टर तथा रोडस्टर एक्सलाई तीन फरक फरक ब्याट्री प्याकमा उपलब्ध गराएको छ । अर्थात् तीन वटै मोडलमा फरक फरक ब्याट्री उपलब्ध हुनेछ । साथै यी मोडल आठ फरक भेरियन्टमा उपलब्ध हुनेछन् । कम्पनीले भारतीय बजारमा यसको सुरुआती मूल्य ७४ हजार ९९ भारु तोकेको छ । साथै टप भेरियन्ट रोडस्टर प्रोको मूल्य दुई लाख ४९ हजार भारु तोकिएको छ ।
कम्पनीले टप भेरियन्टले एक पटक फूलचार्जमा ५७९ किलोमिटर गुड्न सक्ने दाबी गरेको छ । यी सबै बाइकको बुकिङ सुरु भइसकेको छ । साथै यसको डेलिभरी सन्२०२५ देखि सुरु हुनेछ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal