Skip to content
Prabhu

कान्तिपुर डेन्टलको अत्याधुनिक दोश्रो शाखा-भरतपुरमा

चितवन ।अत्याधुनिक मेडिकल सिटीको रूपमा विकास हुँदै गरेको भरतपुरमा काठमाडौंको बसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको  दोश्रो अत्याधुनिक सुबिधा सम्पन्न भरतपुर शाखा सञ्चालमा  संचालनमा आएको छ ।

२०६० सालदेखि नारायणगढ पुल्चोक शाखाबाट आफ्नो सेवा दिदै आएको कान्तिपुर डेन्टल कलेजले सेवा विस्तार गर्दै शनिवारबाट भरतपुर महानगरपालिका १० स्थित एयरपोर्ट गेट अगाडीबाट समेत सेवा सञ्चालन गरेको हो ।

नारायणगडको पुल्चोकमा पहिले नै शाखा भए पनि भरतपुर एअरपोर्टगेटको शाखाले भरतपुर बाशी,तथा हवाई यात्रा गर्ने व्यक्तिलाइ धेरै सहजहुने र यात्राको समय भन्दा अलिक छिटो आएर आफ्नो दन्त स्वास्थ्यको बारेमा जानकारी तथा उपचार गर्नपनि सजिलो हुने उनले बताए, दांत दुखेपछि मात्रै नभई नियमित रुपमा चेकजांच गराउनु अत्यन्तै जरुरि रहेको पनि जानकारी गराए ।

दाँतको उपचारका लागि दक्ष जनशक्ति उत्पादन र गुणस्तरीय दन्त स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस कलेजले दन्त चिकित्सा सम्बन्धी विश्वस्तरीय सेवा चितवनबाट समेत दिने उद्देश्यले अत्याधुनिक सुविधा सम्पन्न दोस्रो शाखा सञ्चालनमा ल्याइएको कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जानकारी दिए ।

उच्चस्तरीय सेवा दिने उद्देश्यले नारायणगढ पुल्चोक शाखा समेत नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याइएको उनले बताए । विज्ञ सहितको सम्पूर्ण दन्त विशेषज्ञ सेवा उपलब्ध रहेको उनले जनाए ।

अन्तराष्ट्रिय स्तरको सेवा दिने हिसावले यसको तयारी गरीएको उनको भनाइ छ । चितवनमा उपचार गर्न सम्भव नभएमा आवश्यकता अनुसार काठमाडौंमा लगेर भएपनि उपचार गरिने उनले बताए ।

नेपालमा दन्त स्वास्थ्य सम्बन्धी उपाचार गर्ने दक्ष जनशक्तिको अभाव, जनचेतनाको कमी र स्तरीय उपचार गर्ने संस्थाहरुको अभाव भएको महसुस गरेर नै कान्तिपुर डेन्टलको स्थापना गरिएको अध्यक्ष डा श्रेष्ठको भनाइ छ ।

हामीले मुख तथा दन्त रोगलाई वेवास्ता गर्दा धेरै प्रकारको रोग लाग्न सक्छ । नेपाली जनमानसले यसबारेमा अझै बुझिसकेका छैनन् । विज्ञका अनुसार यसबाट मुटु, पाचन प्रणाली, मधुमेह, गर्भवती महिला र बच्चालाई प्रत्यक्ष रुपमा असर पुराउने गर्दछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal