Skip to content

अर्थ मन्त्रालयद्वारा सय दिनमा गर्ने कार्ययोजना सार्वजनिकः पुँजीबजार वृद्धिमा थप टेवा पुर्याउनदेखि अर्थतन्त्रमा सुधारसम्मका योजना

nabil bank

काठमाडौं । अर्थ मन्त्रालयले १०० दिनमा सम्पादन गर्ने कार्यहरूको कार्य योजना तयार पारेको छ । अर्थ मन्त्रालयले १०० दिनमा के–के काम गर्ने र सम्बन्धित काम गर्दा अर्थतन्त्रमा कस्तो परिमाण निस्कन्छ भन्ने योजनासहितको खाका तय गरेको हो ।

कार्य योजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रूत गस्ती टोली गठन गरी परिचालन गर्ने लगायत छन् ।

यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१ कार्यान्वयन सुरु गर्ने, भन्सार मूल्यांकनलाई कारोबार मूल्यमा आधारित बनाउन रणनीति तयार गरी लागू गर्ने, भन्सार महसुल नियमावली २०८१ तर्जुमा गर्ने, गत आर्थिक वर्षमा विधिसम्मत रूपमा सिर्जित दायित्व यकिन गरी भुक्तानी गर्ने उल्लेख गरिएको छ ।

कार्य योजनामा उपभोक्ताले डिजिटल माध्यमबाट गरेको खरिदको भुक्तानीमा १० प्रतिशत मूल्य अभिवृद्धि कर फिर्ता दिने कार्य प्रारम्भ गर्ने, नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको अभौतिकीकरण गर्ने उल्लेख छ ।

अर्थको सय दिने कार्ययोजनाभित्र साना तथा मझौला संगठित संस्थाको धितो पत्र निष्कासन तथा कारोबार सम्बन्धी नियमावली, २०८१ मन्त्रिपरिषद्‍मा पेस गर्ने पनि उल्लेख छ । यसको उद्देश्य पुँजीबजार वृद्धिमा थप टेवा पु¥याउने उल्लेख छ ।

वार्षिक २५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने थप २ सय करदाताको कारोबारलाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गर्ने, तातोपानी भन्सार कार्यालयमा लगेज तथा भेहिकल स्क्यानर मेसिनको प्रयोग सुरु गर्नेलगायत छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime