Skip to content

महँगिदर २.३ प्रतिशतले घट्यो, मरमसला सस्तियो

nabil bank

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को वार्षिक मँंगिदर २.३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरणअनुसार महँगिदर २.३ प्रतिशतले घटेको हो ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा महंगिदर ५.४४ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो महँगिदर ७.७४ प्रतिशत रहेको थियो । तथ्यांकअनुसार गत आवमा सबैभन्दा बढी मूल्य मरमसला सस्तिएको छ ।

गत आवमा मरमसलामा २६ प्रतिशतले महँगिदर घटेको छ । त्यस्तै यो अवधिमा अघिल्लो आर्थिक वर्षको तुलनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरुको ९.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरुको ८.२९ प्रतिशत रहेको छ ।

गत वर्ष घ्यू तथा तेल उपसमूहको मूल्य सूचकांक १०.९९ प्रतिशतले घटेकोछ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उपसमूहको मूल्यवृद्धि ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको छ भने यातायात उपसमूहको मूल्य सूचकांक ०.८२ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life