Skip to content
Prabhu

मुम्बईमा इथोपियन एयरलाइन्समा आगलागी, पाँच पक्राउ

एजेन्सी । मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा इथियोपियन एयरलाइन्सको विमानमा आगलागी भएको छ । जानकारी अनुसार जब इथियोपियन एयरलाइन्समा रसायनले भरिएको पार्सल लोड गरिँदै थियो, त्यस क्रममा आगलागी भएको हो । भाग्यले यस घटनामा कुनै पनि प्रकारको क्षति भएको छैन ।

प्राप्त जानकारी अनुसार शुक्रबार बिहान मुम्बई विमानस्थलमा इथियोपियन एयरलाइन्समा रसायनले भरिएको पार्सल लोड गरिँदा आगलागी भएको हो । पुलिसले यस प्रकरणमा पाँच जनालाई पक्राउ गरेको बताएको छ ।

global
अर्घाखाँची सिमेन्ट

सहार पुलिस थानाका एक अधिकारीले बताए अनुसार, पश्चिम बंगालको नडियाल निवासी समीर नारायणचन्द्र विश्वास (३१) लाई नन्दन दिनेश यादव (२६), सुरेश सुब्बा सिंह (४६), विश्वनाथ बालसुब्रमण्यम सेनजुन्धर (३७) र अखिलेश गजराज यादव (३७) संगै पक्राउ गरिएको छ ।

शुक्रबार बिहान करिब साढे दस बजे जब विमानमा सामान लोड गरिँदै थियो, एउटा झोलाबाट धुवाँ निस्केको देखियो । जसले चाँडै आगो समात्यो, तर तत्कालै निभाइयो । पक्राउ परेका समीरले कसैले उक्त झोला आफूलाई दिएको र उक्त झोला कंगोमा कसैलाई बुझाउनुपर्ने थियो ।

अधिकारीका अनुसार झोलामा १० किलोग्राम ज्वलनशील पदार्थ थियो । जसमा आधा तरल र आधा पाउडरको रूपमा थियो । सत्यतथ्य पत्ता लगाउन फरेन्सिक ल्याव पठाइएको जनाइएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal