Skip to content
Prabhu

साताको सुन नयाँ रेकर्ड बनाएको सुन ६ दिन ८ सयले बढ्यो

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनायो । साताको कारोबार हुने तेस्रो दिन मंगलबार सुनको मूल्य अहिलेसम्मकै उच्च बनेको थियो ।

नयाँ रेकर्ड बनेको यो साता समग्रमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले बढेको छ । यो साताको पहिलो दिन आइतबारको तुलनामा शुक्रबार सुनको मूल्य १ हजार १०० रुपैयाँले बढेको हो । आइतबार नेपाली बजारमा सुनको मूल्य १ लाख ४८ हजार ८०० रुपैयाँ रहेको थियो भने शुक्रबार १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यो साताको मंगलबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ पुगेको थियो । जुन अहिलेसम्मको उच्च मूल्य हो । रेकर्ड कायम गरे पछिका तीन दिनमा सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले सस्तो भएको छ । यो साताको पहिलो दिन सुनको मूल्य १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भयो । यो अघिल्लो हप्ताको शुक्रकारको तुलनामा ७०० रुपैयाँले बढी थियो । सोमबार भने नेपाली बजारमा सुनको मूल्य सामान्य घट्यो । त्यो दिन तोलामा १०० रुपैयाँले घटेर १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भयो ।

मंगलबार भने सुनको मूल्य उच्च अंकले बढेर रेकर्ड बन्यो । त्यो दिन सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले बढ्यो र अहिलेसम्मकै उच्च १ लाख ५० हजार ८०० रुपैयाँ पुग्यो । बुधबार तोलामा ३०० रुपौयाँले घटेर १ लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार भने स्थिर रह्यो । शुक्रबार फेरि तोलामा ९०० रुपैयाँले घटेर १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसयी महासंघले जनाएको छ ।

त्यस्तै यो हप्ताको ६ दिनको कारोबारमा चाँदीको मूल्य पनि साताभरमा ४० रुपैयाँले बढेको छ । आइतबार तोलामा १ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा १ हजार ७६० रुपैयाँमा कारोबार भएको छ । यो हप्ताको ६ दिनको कारोबारमा चाँदीको मूल्य तीन दिन बढेको छ भने तीन दिन घटेको छ ।

आइतबार चाँदी १० रुपैयाँले घटेर १ हजार ७२० रुपैयाँम कारबो भएको थियो । सोमबार पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ७१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार भने २५ रुपैयाँले बढेर १ हजार ७४० रुपैयाँ पुगेको थियो । बुधबार पनि चाँदी ५ रुपैयाँले घटेर १ हजार ७३५ रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार फेरि ५ रुपैयाँले बढेर १ हजार ७४० रुपैयाँ पुगेको चाँदीको मूल्य शुक्रबार भने २० रुपैयाँले बढेर १ हजार ७६० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal