Skip to content
Prabhu

आइतबार सुनको मूल्यमा नयाँ रेकर्ड, एकै दिन ३ हजारले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य ३ हजार रुपैयाँले बढेर ऐतिहासिक उचाइमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ६ सय रुपैयाँमा खरिद बिक्री भइरहको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

गत साउन २९ गते मंगलबार छापावाला सुन प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ थियो । सो सुनको मूल्यको उचाइलाई आज कायम गरेको मूल्यले ब्रेक गरेको हो ।

आज चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको हो । आज चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ७ सय ६० रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ५०८ दशमलव १८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलरमा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal