Skip to content
Prabhu

बैंकिङ प्रणालीबाट १ सय अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

nabil

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ सय अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा तरलता प्रवाह बढेपछि बैंकले एकै पटक १ सय अर्ब रुपैयाँ वाणिज्य बैंकहरुबाट खिच्न लागेको हो ।

बैंकले आइतबार एक सूचना जारी गर्दै निक्षेप संकलन उपकरणमार्फत भदौ २ गतेदेखि भदौ २३ गतेसम्मका लागि १ सय अर्ब रूपैयाँ खिच्ने भएको हो । यसका लागि आज (आइतबार) अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने बैंकले जनाएको छ । निक्षेपको ब्याजदर भने बोलकबोल प्रणालीबाट तय हुनेछ ।

निक्षेप संकलनका लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम व्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने बैंकले जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal