Skip to content
Prabhu

आधा घण्टामै सेयर बजारमा करिब ६ अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा धेरै कारोबार हुने क्रमले आज पनि निरन्तरता पाएको छ । आजको सेयर बजार खुलको आधा घण्टामा नै सेयर बजबार करिब ६ अर्वको कारोबार भएको हो ।

बजार खुलेको ३० मिनेटभित्र सेयर बजारमा ५ अर्ब ९४ करोड ६४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । आधा घण्टाको अवधिमा नेप्से परिसूचक २३ दशमलव ०४ अंकले बढेको छ । यो अवस्थामा नेप्से परिसूचक ३०२३ दशमलव ८५ विन्दुमा पुगेको छ ।

गत बिहीबार एकैदिन २९ अर्ब ९५ करोडको कारोबार भएर रेकर्ड राखेको थियो । आइतबारको कारोबार ट्रेन्डले यो रेकर्ड तोडिने संकेत गरेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal