Skip to content
Prabhu

राष्ट्रिय बीमा कम्पनीसहित तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबारको कारोबार जारी रहँदा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज राष्ट्रिय बीमा कम्पनीसहित तीन कम्पनीमा सकारात्मक सर्किट लागेको हो ।

आजको एक घण्टाको कारोबार जारी रहँदा राष्ट्रिय बीमा कम्पनी, मल्ट्रीपपोज फाइनान्स कम्पनी र सम्पदा लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आजको कारोबार जारी रहँदा राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १ हजार ८ सय ५९ रुपैयाँले बढेर २० हजार ४ सय ४९ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १० प्रतिशतले बढी हो ।

आजको कारोबार जारी रहँदा मल्ट्रीप्रपोज फाइनान्सको सेयर मूल्य ७० रुपैयाँ ४० पैसाले बढेर ७ सय ७४ रुपैयाँ ४० पैसा र सम्पदा लघुवित्तको सेयर मूल्य १०५ रुपैयाँ ७० पैसाले बढेर १ हजार १६२ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १० प्रतिशतले बढी हो ।

यो समाचार तयार पार्दासम्म समग्र बजार पनि ४५ दशमलव ४४ अंकले बढेर ३०४६ दशमलव २५ विन्दुमा पुगेको छ । यो समयसम्म सेयर बजारमा ८ अर्ब ९६ करोड २९ लाख ६८ हजार २६ रुपैयाँको सेयर कारोबार भएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal