Skip to content
Prabhu

परराष्ट्र मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि प्रस्थान

काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा आज भारत प्रस्थान गरेकी छन् । भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा. राणा आज बिहान ११ः३० बजे भारतको नयाँ दिल्ली प्रस्थान गरेकी हुन् ।

उनको परराष्ट्र मन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो । यस भ्रमणका क्रममा उनका भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ ।

मन्त्री डा. राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले विदाई गरेका छन् । मन्त्री डा राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी हुनुहुन्छ ।

परराष्ट्र मन्त्री डा राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको हो । परराष्ट्रमन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्किने कार्यतालिका हरेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal