Skip to content
Prabhu

नबिल बैंकको सेयर कारोबार भदौ ७ गते बन्द हुने

काठमाडौ । यही भदौ ७ गते नबिल बैंकको सेयर कारोबार बन्द हुने भएको छ । साउन २७ गते बसेको बैंक सञ्चालक समितिको निर्णयानुसार २०८१ साल भदौ १७ गते सोमबार विशेष साधारणसभा बस्ने भएपछि सो प्रयोजनका लागि बैंकले ७ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने भएको हो ।

बैंकले प्राथमिक पुँजी वृद्धिका लागि सेयर जारी गर्ने सन्दर्भमा बैंकले उक्त दिनका लागि विशेष साधारणसभा डाकेको हो । सञ्चालक समितिको बैठकले ८ प्रतिशत प्राथमिक पुँजी वृद्धिको प्रस्ताव गरेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal