Skip to content
Prabhu

चालु वर्षको पहिलो महिनामा सरकारको आम्दानी ९६ अर्ब बढी, खर्च ४० अर्ब

काठमाडौं । चालु वर्षको पहिलो महिनामा सरकारले ९६ अर्ब बढीको राजश्व संकलन गरेको छ । सरकारले साउन महिनामा ९६ अर्ब ९८ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको हो ।

सरकारले चालु आर्थिक वर्षको साउन महिनामा गत आवको सोही अवधिको भन्दा ७ अर्ब ७० करोड बढी राजश्व संकलन गरेको छ । सरकारले चालु आवमा भन्सार र आन्तरिक राजस्वबाट ७७ अर्ब ४३ करोड रुपैयाँ संकलन गरेको छ । यस्तै, गैरकर राजस्वबाट १७ अर्ब ३३ करोड र अन्य शीर्षकबाट २ अर्ब २१ करोड राजस्व संकलन गरेको छ ।

खर्चतर्फ सरकारले चाल आर्थिक वर्षको पहिलो महिनामा ४० अर्ब २० करोड खर्च गरेको छ । जसमा चालु शीर्षकमा १२ अर्ब ३८ करोड खर्च भएको छ । पुँजीगत खर्चतर्फ ८ अर्ब ५५ करोड भुक्तानी हुदाँ आन्तरिक तथा बाह्य ऋणको सावा ब्याज भुक्तानीमा सबैभन्दा धेरै १९ अर्ब २७ करोड भुक्तानी भएको छ ।

सरकारले चालु वर्ष राजस्व शीर्षकबाट मात्रै १४ खर्ब १९ अर्ब ३० करोड संकलन गर्ने लक्ष्य राखेको छ। आन्तरिक ऋण र बाह्य ऋण गरेर सरकारले कुल १८ खर्ब ६० अर्ब ३० करोड खर्च गर्ने योजना बनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal