Skip to content
Prabhu

शोधनान्तर स्थिति ५ खर्ब २ अर्बले बचतमा

काठमाडौं । गत आर्थिक वर्षमा शोधनान्तर स्थिति सकारात्मक देखिएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको हो ।

आर्थिक वर्ष २०८०÷८१ मा चालु खाता २२१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता रु.४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा १ अर्ब ६६ करोडले बचतमा रहेको छ ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई रु.५ अर्ब ८१ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.८ अर्ब ४० करोड कायम भएको छ ।

अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.७ अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.६ अर्ब १७ करोड रहेको थियो । समीक्षा वर्षमा शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ३ अर्ब ७७ करोडले बचतमा रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal