Skip to content
Prabhu

सेयर बजारमा पहिरो, परिसूचक ३४ अंकले घट्दा कारोबार रकममा २८ अर्बमा सीमित

काठमाडौं । आइतबार सेयर बजार राताम्य भएको छ । अघिल्लो कारोबारमा उल्लेख वृद्धि भएको बजार आज ३४ दशमलव ४७ अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ३००० विन्दुबाट समेत तल झरेको छ ।

आइतबारको कारोबार बन्द हुँदा सेयर बजार २९६६ दशमलव ३३ विन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबार भन्दा १.१४ प्रतिशतले कम हो ।

आज सेयर बजारमा ४७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको सेयर मूल्य बढेको छ । आज सेयर बजारमा अघिल्लो कारोबार दिन भन्दा कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन बिहीबार २९ अर्ब ९५ करोड बढीको कारोबार भएको बजारमा आज २८ अर्ब ८३ करोड बढीको कारोबार भएको छ ।

आइतबार सेयर बजारमा ३३० कम्पनीका ६ करोड ६५ लाख ७५ हजार ३६६ कित्ता सेयर ३ लाख ९१८ खरिद बिक्री हुँदा २९ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ६५ अंकले घटेर ५२८ दशमलव ८५ विन्दुमा पुगेको छ ।

आज सेयर बजारमा कारोबार भएका १३ उपसूचकमध्ये ४ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी ९ वटाको घटेको छ । आइतबारको सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal