Skip to content
Prabhu

सेयर बजार राताम्य भएको दिन ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक ३४ अंकले घटेको हो ।

कारोबार रकम र परिसूचक दुवैमा गिरावट आएको दिन चार कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लागेर बन्द भएको छ । आइतबार राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, मल्टीपर्पस फाइनान्स र सम्पदा लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर बन्द भएको छ । यी कम्पनीको सेयर मूल्य अघिल्लो कारोबारभन्दा १० प्रतिशतले वृद्धि भएको हो ।

आजको कारोबार बन्द हुँदा राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १ हजार ८६९ रुपैयाँले बढेर २० हजार ४४९ रुपैयाँ पुगेको छ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्य २०६ रुपैयाँ ५० पैसा बढेर २ हजार २७१ रुपैयाँ ५० पैसा पुगेको छ । आजको कारोबार बन्द हुँदा मल्टीपर्पस फाइनान्सको सेयर मूल्य ७० रुपैयाँ ४० पैसाले बढेर ७७४ रुपैयाँ ४० पैसा पुगेको छ ।

त्यस्तै सम्पदा लघुवित्तको सेयर मूल्य १०५ रुपैयाँ ७० पैसाले बढेर १ हजार १६२ रुपैयाँ ७० पैसा पुगेको छ । त्यस्तै आज धेरै घट्ने कम्पनीको र्शीष पाँचभित्र परेको अर्को कम्पनीमो लिबर्टी इनर्जी कम्पनी । यो कम्पनीको सेयर मूल्य ३० रुपैयाँले बढेर ३३२ रुपैयाँमा कारोबार बन्द भएको छ । यो अघिल्लो कारोबार भन्दा ९.९३ प्रतिशतले धेरै हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal