Skip to content
Prabhu

सेवोनको सञ्चालक समितिबाट उद्योग वाणिज्य महासंघ र आईक्यान प्रतिनिधि हटाउने तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिबाट नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (एक्यान) को प्रतिनिधि हटाइने भएको छ । अर्थ मन्त्रालयले संसद्मा दर्ता गरेको धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ मा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।

स्वार्थ बाझिन सक्ने अवस्थालाई न्यूनीकरण गर्न यी संस्थाका प्रतिनिधि धितोपत्र बोर्डको सञ्चालक समितिमा नरहने व्यवस्था गरिन लागिएको अर्थ मन्त्रालयले जनाएको छ । हाल यी दुवै संस्थाले धितोपत्र बोर्डको सञ्चालक समितिमा एक/एक जना प्रतिनिधि पठाउने गरेका छन् ।

त्यस्तै विधेयकमा बोर्डको सञ्चालक समितिमा रहने स्वतन्त्र सञ्चालकको अनुभव ७ वर्षबाट बढाएर १० वर्ष पुर्याउन प्रस्तावसमेत संशोधनमा गरिएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal