Skip to content
Prabhu

दुई दिन सेयर बजार बन्द हुने, बुधबार मात्र खुल्ने

काठमाडौं । आइतबारको कारोबार पछि अब सेयर बजार बुधबार मात्रै खुल्ने भएको छ । आइतबार पछिका दुई दिन सार्वजनिक बिदा परेकाले अब सेयर बजार बुधबार (भदौ ५ गते) मात्रै खुल्ने भएको हो ।

सोमबार जनै पूर्णीमा (रक्षाबन्धन) को सार्वजनिक बिदा रहेको छ । त्यस्तै मंगलबार पनि गाइजात्रा परेकाले उपत्यकामा सार्वजनिक बिदा परेको छ । जसका कारण सेयर बजारमा अबको दुई दिन कारोबार बन्द हुने छ ।

अब बुधबार मात्र सेयर बजार खुल्ने भएको छ । सार्वजनिक बिदाका कारण सेयर बजार २ दिन बन्द हुने भएको हो । योसँगै यो हप्ता सेयर बजार जम्मा ३ दिन मात्रै खुल्ने भएको छ । आइतबार, बुधबार र बिहीबार मात्रै सेयर खरिद बिक्री हुने भएको हो । शुक्रबार सेयर बजार बन्द नै रहन्छ । हप्तामा पाँच दिन मात्रै सेयर बजारमा कारोबार हुने गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal