Skip to content
Prabhu

वैदेशिक रोजगार विभागको महानिर्देशकमा सूर्यबहादुर खत्री

काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशक फेरिएका छन् । विभागको महानिर्देशकमा सहसचिव सूर्यबहादुर खत्रीले जिम्मेवारी पाएका हुन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालय अन्तरतबाट खत्रीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको थियो । आइतबार मन्त्रालयले खत्रीलाई विभागको महानिर्देशकका रुपमा काम गर्न खटाएको हो । उनी हाल अर्घाखँचीमा प्रमुख जिल्ला अधिकारी थिए ।

हाल विभागको महानिर्देशक रहेका डन्डुराज घिमिरे मन्त्रालयमा फर्किएका छन् । करिब ७ महिना विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेपछि उनी मन्त्रालयमा फिर्ता भएका हुन् । उनी करिब ३ वर्षदेखि श्रम मन्त्रालय र अन्तरगतका निकायमा कार्यरत छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal