Skip to content
Prabhu

संस्कृत विश्वविद्यालयका उपकुलपतिले दिए राजीनामा

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. यादवप्रकाश लामिछानेले राजीनामा दिएका छन् । पदावधि सकिन एक महिना बाँकी हुँदा उपकुलपति लामिछानेले स्वास्थ्य अवस्थाका कारण काम गर्न नसकेको भन्दै २७ साउनमा राजीनामा दिएका हुन् ।

सउनको राजीनामा आइतबार स्वीकृत समेत भएको छ । कुलसचिव (रजिष्ट्रार) माधव अधिकारीसँग मतभेद बढ्दै जाँदा कुलपति (प्रधानमन्त्री) को दबाबमा लामिछानेले राजीनामा दिएको केही प्राध्यापक बताउँछन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले असोज २०७७ मा आफू निकट लामिछानेलाई उपकुलपति र पार्टी महासचिव शंकर पोखरेलका नातोदार (भान्जा) अधिकारीलाई रजिष्ट्रारमा नियुक्त गरेका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal