Skip to content

बारामा १ हजार ३४३ साना उद्योग दर्ता

nabil bank

बारा । घरेलु तथा साना उद्योग कार्यालय, बारामा आर्थिक वर्ष २०८०/८१ मा जम्मा एक हजार तीन सय ४३ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।

२ अर्ब २२ करोड १७ लाख ८८ हजार छ सय २७ रुपैयाँ कूल पुँजीको लागतमा सञ्चालित सो उद्योगको तीन अर्ब ४६ करोड तीन लाख ५५ हजार रुपैयाँ वार्षिक उत्पादन क्षमता भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले जानकारी दिए।

नयाँ तथा पुरानो गरी हालसम्म दर्ता भएका वाणिज्यतर्फका एक हजार तीन सय ९६ वटा र साना घरेलुतर्फका एक हजार १७ वटासमेत गरी दुई हजार चार सय १३ रहेका छन् । यसमध्ये वाणिज्यतर्फ दुई सय २९ र साना उद्योगतर्फ एक सय ६० गरी तीन सय ८९ वटाले लगत कट्टी गरेको कार्यालयले जनाएको छ ।

बाराका घरलु तथा साना उद्योग कार्यालयले ती उद्योगहरूबाट जम्मा रु ९६ लाख ४५ हजार दुई सय ५० राजस्व संकलन गरेका कर अधिकृत उपेन्द्र यादवले जानकारी दिए। कार्यालय प्रमुख धर्मेन्दलाल कर्णका अनुसार दर्ता भएका ती उद्योगमा हाल एक हजार पाँच सय ४१ जनाले रोजगारी पाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi