Skip to content
Prabhu

सोलुखुम्बुको थामे बाढीमा हराएका व्यक्ति घरभित्रै सकुशल फेला

काठमाडौं । गएको शुक्रवार सोलुखुम्बुको थामे खोलामा भेलबाढी आउँदा हराएका व्यक्ति फेला परेका छन् । बाढी आएपछि हराएका ५५ वर्षीय निमानुरु शेर्पा आफ्नै घरमा थुनिएको अवस्थामा भेटिनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सुन्न र बोल्न नसक्ने शेर्पा भेलबाढीका कारण घरभित्र थुनिएपछि निस्कन र कसैलाई बोलाउन पनि नसकेका कारण भेटिएका थिएनन् । बाढी आउनुअघि कसैले घाँस काट्न गएको देखेको र कसैले लुगा बोकेर हिँडिरहेको देखेको बताएपछि अन्यत्र खोजी भएको थियो । तर हिजो उनी घरभित्रै बसिरहेको अवस्थामा सकुशल भेटिएका हुन् ।

यसैबीच थामे खोलाको बाढीपछि स्थलगत अध्ययनमा गएको टोलीले अन्य हिमतालको जोखिमबारे अध्ययन गर्न सुझाव दिएको छ । घटनास्थलमा पुगेर काठमाण्डौ फर्किएका रक्षामन्त्री मानवीर राईसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई क्षतिको विस्तृत विवरणसहित सम्भावित जोखिमको अवस्थाबारे विज्ञ टोलीबाट अध्ययन हुनुपर्ने भन्दै स्थलगत प्रतिवेदन दिएको हो ।

हिमताल फुटेपछिको बाढी र पहिरोका कारण १७ घर र एक विद्यालय क्षतिग्रस्त भएको थियो । दिउँसोको समयमा घटना भएकोले मानवीय क्षति हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ । यसैबीच थामे खोलामा आएको बाढीपछि अबरुद्ध भएको मोवाइल सेवा सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal