Skip to content
Prabhu

सोमाबार अमेरिकी डलरको मूल्य स्थिर, कुन देशको मुद्राको विनिमयदर कति ?

काठमाडौं । सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । नेपाल राष्ट्रय बैंकले जारी गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री दर १३४ रुपैयाँ ६१ पैसा रहेको छ । अघिल्लो दिन पनि अमेरिक डलरको विनिमयदर उत्तिनै रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोको खरिद दर १४७ रुपैयाँ ७९ पैसा र बिक्री दर १४८ रुपैयाँ ४५ पैसामा कारोबार भइरहेको छ । त्यस्तै आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी सोमबार बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ४८ पैसा र बिक्री दर १७४ रुपैयाँ २५ पैसामा कारोबार भइरहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ३७ पैसा र बिक्री दर ८९ रुपैयाँ ७७ पैसा रहेको छ । सोमबार मलेसियन रिंगिट एकको खरिद दर ३० रुपैयाँ २४ पैसा र बिक्री दर ३० रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा रहेको छ । सोमबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९७ पैसा छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal