Skip to content
Prabhu

युक्रेनको आक्रमण तीव्र, रुसी भूमिमा अर्को पुल नष्ट

एजेन्सी । दोस्रो विश्वयुद्धयता पहिलो पटक रुसी भूमिमा विदेशी सैनिकहरुले कारबाही गरेको यो पहिलो पटक हो । करिब दुई हप्तादेखि युक्रेनको सेना रुसको कुर्स्क क्षेत्रमा उपस्थित छ । युक्रेनी सेनाले रुसको कुर्स्क क्षेत्रमा रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको अर्को पुल नष्ट गरेको दाबी  गरेको छ ।
युक्रेनी सेनाले आइतबार उक्त पुलमा आक्रमणको भिडियो पनि सार्वजनिक गरेको छ । यो आक्रमण जुवानोएमा सेयम नदीमाथि भएको थियो । रुसले २०२२ फेब्रुखरीमा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो ।
पछिल्लो समय रुस पूर्वी युक्रेनका क्षेत्रमा आफ्नो कब्जा विस्तार गर्न प्रयासरत छ । तर, युक्रेनको सेनाले कुर्स्क क्षेत्रमा प्रवेश गर्दा रुसलाई ठूलो धक्का लागेको छ । जहाँ करिब दुई हप्तादेखि युक्रेनले आफ्नो स्थिति बलियो बनाइरहेको छ । युक्रेनको आक्रमणपछि रुसले यस क्षेत्रमा रहेका हजारौं नागरिकलाई बाहिर निकालिसकेको छ ।
रुसका लागि यो कत्तिको ठूलो खतरा हो भन्ने कुरा अझै स्पष्ट छैन । युक्रेनी वायु सेनाका कमाण्डर लेफ्टिनेन्ट जनरल मायकोला ओलेशुकले उक्त आक्रमणको भिडियो सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, “अर्को एक पुल नष्ट भएको छ ।”
युक्रेनी सेनाले जारी गरेको भिडियोमा पुलमाथि धुवाँको ठूलो मुस्लो देखिन्छ र पुलको एक हिस्सा नष्ट भएको छ । तर, यो आक्रमण कहिले भएको भन्ने स्पष्ट छैन । आक्रमणपछि युक्रेनका राष्ट्रपति वोलोदिमिर जलेन्स्कीले कुर्स्कमा सैन्य प्रवेशको उद्देश्य रुसी आक्रमणलाई रोक्न बफर जोन निर्माण गर्नु भएको बताएका छन् ।
स्न २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता दुवै देशबीच लगातार युद्ध जारी छ । यस युद्धमा करिब दुई हप्तादेखि युक्रेनले रुसको क्षेत्रमा ठूलो आक्रमण गरिरहेको छ । यो हप्ता युक्रेनले ग्लुश्कोवो सहरको नजिकै सेयम नदीमाथि बनेको अर्को पुललाई पनि नष्ट गरेको थियो । उक्त पुलको प्रयोग रुसले आफ्ना सैनिकहरूको लागि सामग्री आपूर्तिका लागि गरिरहेको थियो। यसअघि युक्रेनका सैन्य विश्लेषकहरूले यस क्षेत्रमा तीनवटा यस्ता पुलहरूको पहिचान गरेका थिए, जसको प्रयोग गरेर रुसले आफ्ना सैनिकहरूको लागि आवश्यक सामग्रीको आपूर्ति गर्दै आएको थियो ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal