Skip to content
Prabhu

२० विदेशी एयरलाइन्सले इजरायलमा उडान नगर्ने

एजेन्सी । अमेरिकी एयरलाइन्सले इजरायलका लागि सबै हवाई उडान सन् २०२५ अप्रिलसम्मका लागि रद्द गरेको जनाएको छ । इजरायलमा क्षेत्रीय विवादले ठूलो रुप लिन थालेपछि एयरलाइन्सले उक्त निर्णय लिएको हो । हालसम्म गाजा स्ट्रिममा हालसम्म अक्टोबर ७ यता नजिकै ४० हजारभन्दा बढीको मृृत्यु भइसकेको छ भने ९२ हजार ६०० भन्दा बढी घाइते भइसकेका  छन् ।
एयरलाइन्सले यसबारेमा थप जानकारी भने उपलब्ध गराएको छैन । अमेरिकन  एयरलाइन्ससँगै डेल्टा र युनाइटेड एयरलाइन्सले पनि इजरायलका लागि उडान रद्द गरिसकेको छन् । इजरायली मिडियाका अनुसार हालसम्म २० वटा विदेशी विमान कम्पनीले इजरायलमा उडान नगर्ने घोषणा गरिसकेका  छन् ।
यतिबेला इजरायली सेना उच्च सतर्कतामा छ । उसलाई हमासका राजनीतिक  नेता चिफ इस्लामी हानियेनको हत्याको बदला हमासले लिने डर छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal