Skip to content
Prabhu

घट्यो बैंकको ब्याजदर, गाडी किन्न राष्ट्रिय वाणिज्य बैंकले ७.७७ प्रतिशत ब्याजदरमा ऋण दिने

काठमाडौं । बैंकिङ प्रणालीमा लगानी योग्य रकम सहज भएसँगै बैंकहरुले ब्याजदर घटाएका छन् ।

कुनैबेला १४ देखि १५ प्रतिशतसम्म पुगेको बैंकको ब्याजदर अब ८ प्रतिशतभन्दा तल झरेको छ । पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले ७.७७ प्रतिशत ब्याजदरमा गाडी किन्न सकिने ब्याजदर योजना ल्याएको छ ।

गाडी किन्नको लागि १ करोडसम्मको कर्जा बैंकले ७.७७ प्रतिशत ब्याजदरमा ऋण दिने योजना ल्याएको छ । यो अफर भदौ १ गते देखि कात्तिक ३० सम्म योजना लागू हुने छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal