Skip to content
Prabhu

राष्ट्रिय सहकारी बैंक पौने दुई अर्ब रुपैयाँ नोक्सानमा

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म राष्ट्रिय सहकारी बैंक पौने २ अर्ब रुपैयाँ नोक्सानीमा रहेको छ । बैंकले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार १ अर्ब ७५ करोड ४२ लाख २७ हजार ७१५ रुपैयाँ नोक्सानमा रहेको हो ।

अघिल्लो आवमा बैंक २० करोड ४३ लाख ७४ हजार ९०७ रुपैयाँ नाफामा रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ । अघिल्लो आवको असार मसान्तसम्म १ अर्ब ६१ करोड ३६ लाख ८७ हजार ७५१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आवको असार मसान्तसम्म १ अर्ब ६ करोड ७४ लाख ५७ हजार ७३३ रुपैयाँमा सिमित भएको छ । असार मसान्तसम्म बैंकले ब्याज आम्दानी बढाएको भएपनि ब्याज खर्च बढ्ना खुद ब्याज आम्दानी घटेको छ । खु्द ब्याज आम्दानी घटेको बैंकको सञ्चालन नाफा नोक्सानमा जाँदा बैंक नोक्सानमा गएको छ ।

गत आवको असार मसान्तसम्म सञ्चालन नाफा २ अर्ब २० करोड ४० लाख ५३२ रुपैयाँ नोक्सानमा रहेको छ । बैंकको प्रति सेयर आम्दानी ६२ रुपैयाँ ८९ पैसा ऋणात्मक रहेको छ । खराब कर्जा ७.९५ प्रतिशतबाट बढेर २१.९१ प्रतिशत पुगेको छ । यो अवधिमा बैंकको खराब कर्जा १७५.५९ प्रतिशतले बढेको छ ।

बैंकको सेयर पुँजी असार मसान्तसम्म २ अर्ब ७८ ९२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८० करोड ८० लाख ३९ हजार ७०० रुपैयाँ रहेको थियो । बैंकको जगेडा कोषमा ३ अर्ब ६ करोड १५ लाख ३ हजार रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal