Skip to content

बाढी, पहिरोलगायतका विपद्मा परी १९३ को मृत्यु

nabil bank
फाइल फोटो

काठमाडौं ।अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी आज दिउँसोसम्म एक सय ९३ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २७, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ३४, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी एक सय ९३ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेस प्रदेशमा १२, बागमती प्रदेशमा २४, गण्डकी प्रदेशमा ४७, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी दुई सय ४१ जना घाइते भएका छन् ।

बाढी, पहिरोका कारण काठमाडौँ उपत्यकामा २८, कोशी प्रदेशमा ४९, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपििश्चम प्रदेशमा पाँच गरी एक सय १४ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए । ‘बाढी पहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४९ जना वेपत्ता भएका छन्,’ उनले भने ।

बाढीको कारण आज दिउँसोसम्म जम्मा तीन सय ८४ घर डुबानमा परेका छन् । बाढी पहिरोले तीन सय ३३ वटा घर, एक सय १६ वटा गोठ, ५१ वटा पुल, चार वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । विपद्मा परी आठ सय ७० वटा पशु चौपाय मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार आठ सय ४२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime