Skip to content
Prabhu

अन्तरिक्षमा फसेका सुनिता र विल्मोरलाई खाना डेलिभरी

एजेन्सी । खाना डेलिभरी त सुन्नु भएकै होला । अनलाइन एपबाट खाना डेलिभरी गरी कतिले स्वाद पनि लिनुभएको होला । तर के तपाईंलाई थाहा छ यतिबेला एउटा यान खाना लिएर अन्तरिक्षतर्फ गइरहेको छ ।
वास्तवमा इन्टरनेशनल स्पेस स्टेशन अर्थात् आईएसएसमा फसेका नासाका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बेरी बुच विल्मोरसम्म आवश्यक सामानको डेलिभरीका लागि यान त्यसतर्फ पठाइएको हो ।
यस कार्गो अन्तरिक्ष यानमा खाना, इन्धन र अन्य आवश्यक चीजहरू राखिएको थियो, जसको आवश्यकतामा आईएसएसमा रहेका अन्तरिक्ष यात्रीहरूलाई पर्छ । यो रूसको मानव रहित कार्गो अन्तरिक्ष यान थियो, जसले लगभग तीन टन सामानको आपूर्ति अन्तरिक्ष यात्रीहरूसम्म पुर्याएको थियो ।
आठ दिनका लागि अन्तरिक्षमा पुगेका उनीहरु यानमा समस्या देखिएपछि पछिल्लो आठ महिनाभन्दा लामो समयदेखि अन्तरिक्षमा अलपत्र परेका छन् । उनीहरु सन् २०२५ मा मात्रै पृथ्वीमा फर्कन सक्ने अपेक्षा गरिएको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal