Skip to content
Prabhu

एक दशकमा पहिलो पटक नाफामा केन्या एयरवेज

एजेन्सी । केन्या एयरवेजले वर्षको पहिलो छ महिनामा दशकभन्दा बढी समयपछि पहिलो पटह नाफा कमाएको छ ।
स्काइटीम क्यारियरले ३० जूनको अन्त्यमा समाप्त भएको छ महिनामा केन्याली मुद्रामा ४३.९ मिलियन नाफा आर्जन  गरेको छ जबकी गत वर्षको सोहीअवधिमा कम्पनीले  २१.७ बिलियन घाटा बेहोरेको थियो । क्यारियरले सन् २०१३ पछि पहिलो पटक करपछिको नाफा कमाएको बताएको छ ।
केन्या एयरवेजका प्रमुख कार्यकारी अधिकारी एलन किलाभुका भन्छन्, “हाम्रो वित्तीय नतिजा रणनीतिक पहलले अपेक्षित परिणामहरू प्रदान गरिरहेको स्पष्ट संकेत हो । हामीले हाम्रो मुख्य सञ्चालनलाई सुदृढ बनाउन, ग्राहक सेवामा सुधार गर्न र वृद्धि गर्न नयाँ बाटाहरू अन्वेषण गर्न ध्यान केन्द्रित गरेका छौं । यो प्रदर्शनले हामीलाई उड्डयन उद्योगका चुनौतीहरू सामना गर्न र भविष्यको वृद्धिको लागि तयार गर्न राम्रो अवस्थामा राख्दछ ।”
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal