Skip to content
Prabhu

१ वर्षमा ७ खर्ब बढीको सेयर कारोबार, हाइड्रोको हिस्सा २८ प्रतिशत

काठमाडौं । एक वर्षको अवधिमा ७ खर्ब रुपैयाँ माथिको सेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ खर्ब ३४ अर्ब ६८ करोड ४४ लाख रुपौयाँको सेयर खरिद बिक्री भएको हो ।

राष्ट्र बैंकका अनुसार यो अवधिमा नेप्सेमा रहेका १३ समूह, बैंकहरूको ऋणपत्र, संस्थापक सेयर र अग्राधिकार सेयर गरी २ अर्ब ५ करोड २१ लाख ५० हजार कित्ता सेयर किनबेच भएका छन् ।

तथ्यांकअनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ५७.२७ प्रतिशतले बढी हो । सेयर बजारमा अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब २७ करोड ७१ लाख १० हजार कित्ता बराबरको ४ खर्ब ६७ अर्ब १२ करोड ६९ लाख रुपौयँको सेयर खरिद बिक्री भएको
थियो ।

तथ्यांकअनुसार गत आवमा १३ समूहमध्ये सर्वाधिक हाइड्रोपावर कम्पनीहरूको सेयर खरिद बिक्री भएको छ । नेप्सेमा ९१ वटा हाइड्रोपावर सूचीकृत छन् । कुल सेयर खरिदबिक्री रकममध्ये हाइड्रोपावर समूहको हिस्सा मात्रै २८.३ प्रतिशत देखिएको छ ।

हाइड्रोपावर समूहको ७० करोड ९१ लाख १७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा २ खर्ब ७ अर्ब ६८ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षमा हाइड्रोपावर समूहमा १ खर्ब ३० अर्ब २३ करोड १७ लाख रुपैयाँको कारोबार भएको थियो । अघिल्लो आवमा हाइड्रोपावरको ४२ करोड ६० लाख २१ हजार कित्ता सेयर खरिद बिक्री भएका थिए ।

हाइड्रोपावरपछि धेरै हिस्सा माइक्रो फाइनान्स क्षेत्रको रहेको छ । यो अवधिमा माइक्रोफाइनान्स क्षेत्रको हिस्सा ९.६ प्रतिशत रहेको छ । माइक्रो फाइनान्स क्षेत्रमा गत आवमा ७ करोड ७१ लाख ८१ हजार कित्ता बराबरको ७० अर्ब ५३ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै यो अवधिमा वाणिज्य बैंक समूहको हिस्सा ९.१ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा
वाणिज्य बैंक समूहको २६ करोड २० लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा ६६ अर्ब ८४ करोड ४१ लाख रुपैयाँ मूल्यको सेयर कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षमा सो समूहको ६६ अर्ब ८५ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो आवमा २१ करोड ७२ लाख ४० हजार कित्ता सेयर खरिद बिक्री भएको थियो ।

त्यस्तै गत आवमा विकास बैंकको ११ करोड ३७ लाख ४६ हजार कित्ता सेयर ४१ अर्ब ८० करोड ६९ लाख रुपैयाँमा खरिद बिक्री भएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.९५ प्रतिशतले बढेको हो । सेयर कारोबारमा विकास बैंकको हिस्सा ५.७ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षमा फाइनान्स समूहको सेयर हिस्सा ८.७ प्रतिशत रहेको छ । गत आवमा फाइनान्स कम्पनीहरुको ६४ अर्ब २ करोड १० लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यो अवधिमा फाइनान्स समूहको १३ करोड १२ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ । अघिल्लो आवमा फाइनान्स क्षेत्रको ३० अर्ब ६७ करोड ९७ लाख रुपैयाँको सेयर खरिद
बिक्री भएको थियो ।

पछिल्लो समय बीमा कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण थपिँदै गएको देखिएको छ । गत आर्थिक वर्षमा बीमा जीवन र निर्जीवन बीमा कम्पनीको १६ करोड ६३ लाख ९५ हजार कित्ता सेयर ९६ अर्ब २० करोड ५१ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६२.९९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बीमा कम्पनीको ५९ अर्ब २ करोड २२ लाख
रुपैयाँको सेयर कारोबार भएको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवको असार मसान्तसम्ममा जीवन बीमा कम्पनीको १० करोड ८३ लाख ५२ हजार कित्ता सेयर ५७ अर्ब १२ करोड २६ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । जुन गत आर्थिक वर्षको भन्दा ८९.४३  प्रतिशतले बढी हो ।

जीवन बीमा कम्पनीको सेयर कारोबार हिस्सा ७.८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा जीवन बीमा कम्पनीको ४ करोड ७२ लाख ८० हजार कित्ता सेयर ३० अर्ब १५ करोड ३९ लाख रुपैयाँमा खरिद बिक्री भएको थियो ।

त्यस्तै, निर्जीवन बीमा कम्पनीको कारोबार समेत उच्च वृद्धि भएको छ । असार मसान्तसम्ममा सेयर कारोबारमा निर्जीवन बीमाको हिस्सा ५.३ प्रतिशत रहेको छ । निर्जीवन बीमा कम्पनीको ५ लाख ८० लाख ४२ हजार कित्ता सेयर खरिद बिक्री हुदा ३९ अर्ब ८ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीको २८ अर्ब ८६ करोड ८२ लाख
रुपैयाँको कारोबार भएको देखिन्छ ।

यो अवधिमा निर्माण र प्रशोधन समूहको हिस्सा ७.७ प्रतिशत रहेको छ । यो समूहको ५६ अर्ब ७८ करोड मूल्यका सेयर कारोबार भएको छ । यो अवधिमा ९ करोड ५२ लाख ६ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । त्यस्तै कुल सेयर खरिदबिक्री रकममध्ये होटल एण्ड टुरीजमको हिस्सा ३ प्रतिशत रहेको छ । गत आवमा यो समूहको २२ अर्ब ३० करोड रुपैयाँको ३ करोड ६९ लाख २ हजार कित्ता
सेयर खरिद बिक्री भएको छन् ।

कुल सेयर खरिद बिक्री रकममध्ये लगानी समूहको हिस्सा ६.२ प्रतिशत रहेको छ । यो सेक्टरको गत आवमा ४५ अर्ब ५१ करोड रुपैयाँ बराबरको ९ करोड १९ लाख २ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । त्यस्तै कुल सेयर खरिद बिक्री रकममध्येको अन्य समूहले ५.४ प्रतिशत हिस्सा ओगटेको छ ।

गत आवमा यो सेक्टरको ३९ अर्ब ४९ करोड रुपैयाँको ६ करोड २२ लाख ३३ हजार कित्ता सेयर
खरिद बिक्री भएको छ । गत आर्थिक वर्षमा कुल सेयर खरिद बिक्री रकमहध्ये प्रवर्द्धक सेयरको हिस्सा २.१ प्रतिशत रहेको छ । गत आवमा यो सेक्टरको १५ अर्ब ६५ करोड रुपैयाँ बराबरको ९ करोड २४ लाख ९६ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal