Skip to content
Prabhu

मानुषी लघुवित्तको ‘लक इन’ भदौ ७ गते सकिँदै

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ५ हजार ४६९ कित्ता सेयरको ‘लक इन’ अवधि भदौ ७ गतेपछि सकिँदैछ । कम्पनीका संस्थापकतर्फको ७ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ सकिने भएको हो ।

‘लक इन’ अवधि समाप्त हुने सेयरमध्ये सञ्चालक सदस्यहरूको स्वामित्वमा रहेको र कम्पनीको उच्च तहका कर्मचारीहरूले भने सेयर खरिद बिक्री गर्न पाउने छैनन् । कम्पनीले २०७८ साउन २७ गतेदेखि ३१ गतेसम्म कर्मचारी समेत सर्वसाधारणमा आईपीओ निष्कासन गरी भदौ ७ गते बाँडफाँड गरेको थियो ।

सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक र सर्वसाधारणको सेयर ‘लक इन’ मा रहने व्यवस्था छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal