Skip to content
Prabhu

घोराही सिमेन्टको व्यवसाय निरन्तर खुम्चिँदै

काठमाडौं । प्रिमियममा आईपीओ निष्कासन गरेको घोराही सिमेन्टको व्यापार निरन्तर घट्दो क्रममा देखिएको छ । आम सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ जारी गरेको कम्पनीको व्यवसायमा निरन्तर गिरावट देखिएको हो ।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३५ रुपैयाँमा बिक्री गरिएको थियो । घोराही सिमेन्ट बेचेर कोभिड १९ को समयमा समेत सन्तोषजनक व्यापार गरेको कम्पनीको ब्यवसाय पछिल्लो समय निरन्तर ओरालो लागि रहेको छ ।

सन् २०२१ मा ५ अर्ब ८५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२२ मा ५ अर्ब ४ करोड २० लाख रुपैयाँ मात्र गरेको थियो । यता, कम्पनीले सन् २०२३ मा ४ अर्ब ७९ करोड १० लाख रुपैयाँ व्यापार गरेको छ । त्यस्तै सन् २०२४ को हालसम्म ३ अर्ब १० करोड रुपैयाँको व्यापार गरेको छ ।

सन् २००७ देखि निरन्तर सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले अन्य सिमेन्ट कम्पनीलाई क्लिंकर पनि बिक्री गर्दै आएको छ । कम्पनीले सगरमाथा, गोर्खा र विश्वकर्मा ब्रान्डमा ओपीसी र पीपीसी मिसेन्ट उत्पादन गर्दै आएको छ । दैनिक ३ हजार ५०० टन क्लिंकर उत्पादन र १ हजार ६०० टन ग्राइन्डिङ क्षमता रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरणमाअनुसार अधिकांश सूचकमा कम्पनी धरापमा रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ४ सिमेन्ट उद्योग मध्ये घोराही सिमेन्ट नाजुक अवस्थामा रहेको हो । कम्पनीको नाफा १ खर्ब २१ करोड ८८ लाख ८४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीमो नाफा ६ करोड ३१ लाख ५३ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी समेत २६.६८ रुपैयाँ ऋणात्मक छ । साथै, कम्पनीको चुक्तापुँजी ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ, बिक्री लागत ४ अर्ब १६ करोड ६९ लाख रुपैयाँ, संचालन आम्दानी ४ अर्ब ४७ करोड, प्रतिसेयर नेटवर्थ २०७.९३ रुपैयाँ र जगेडा संञ्चिति ७ करोड ९० लाख रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal