Skip to content
Prabhu

धितोपत्र बोर्डको सदस्यमा महासंघका महानिर्देशक गोकर्ण अवस्थी सिफारिस

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले नेपाल धितोपत्र बोर्डको सञ्चालक सदस्यमा महानिर्देशक गोकर्ण अवस्थीलाई सिफारिस गरेको छ । महासंघका अध्यक्ष चन्द्र ढकाले गत शुक्रबार महानिर्देशक अवस्थीलाई बोर्ड सञ्चालकमा सिफारिस गरेका हुन् ।

सात सदस्यीय सञ्चालक समिति रहने बोर्डमा महासंघको प्रतिनिधि सञ्चालक सदस्य हुने प्रावधान रहेको छ । यसअघि महासंघको तर्फबाट उपाध्यक्ष सुरकृष्ण वैद्य बोर्डको सञ्चालक रहेका थिए । वैद्य जिल्ला नगरतर्फको उपाध्यक्ष भएकाले महासंघको गतिविधिमै ब्यस्त हुने भएसँगै फिर्ता बोलाउने निर्णय महासंघले गरेको जानकारी दिएको छ ।

सरकारले नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि सदस्य बोर्डमा रहने व्यवस्था हटाउन लागेको अवस्थामा महासंघले भने नयाँ प्रतिनिधि सिफारिस गरेको छ । धितोपत्र बजारमा स्वार्थ बाझिने काम रोक्न् सरकारले धितोपत्रसम्बन्धी ऐनमा कडाई गर्ने तयारी गरेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal