Skip to content
Prabhu

दूधकुण्डमा रेडक्रस र नेपाल लाइफ इन्स्योरेन्सको स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुको आयोजना तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा सोलुखुम्बु जिल्लाको प्रमुख धार्मिकस्थल सोलुदूधकुण्ड नगरपालिका वडा नं १ मा अवस्थित ४६०० मिटर उचाइमा रहेको दूधकुण्डमा तीर्थयात्रामा आउने तिर्थयात्रीहरुको उचाइका कारण लाग्ने स्वास्थ्य समस्यालाई मध्यनजर राखि २०८१ भदौ १–३ मा संचालन गरेको स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

उक्त स्वास्थ्य शिविर दूधकुण्ड जादाबखतको कामुडाँडा, बाटोका विभिन्न स्थान हुँदै दूधकुण्डमा समेत सञ्चालन गरिएको थियो । उचाइका कारण टाउको दुख्ने, बान्ता हुने, रक्तचापमा वृद्धि, झाडापखाला, रिगटा लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने लगायतका तिर्थयात्रीहरुलाई रेडक्रस स्वयंसेवक सँगै रहेका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य जाँच तथा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

रेडक्रसले संचालन गरेका स्वास्थ्यशिविरअन्र्तगत कामुडाँडा तथा बाटोमा गरि १३५ जनालाई औषधि वितरण, १४३ जनाको स्वास्थ्य परीक्षण (अक्सिजन लेभल, प्रेसर) गरिएको थियो । दूधकुण्डमा भने ५६७ जनालाई औषधि वितरण तथा स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त कार्यक्रम सञ्चालन गर्नका लागि १० जना स्वयंसेवक परिचालन गरिएको थियो ।

कार्यक्रम सञ्चालनका लागि आवश्यक औषधि तथा स्वयंसेवकहरुको खाना तथा आवास व्यवस्थापन तथा सामग्रीहरु व्यवस्थापन नेपाल लाइफ इन्स्यनोरेन्स कम्पनीले सहयोग उपलब्ध गराएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal