Skip to content
Prabhu

बोइङलाई ठूलो झट्का, संरचनागत समस्या देखिएपछि ७७७एक्सको परीक्षण रोकियो

एजेन्सी । बोइङले लामो समयदेखि पर्खाइमा रहेको ७७७एक्स विमानको परीक्षण नयाँ समस्या देखिएपछि रोकेको छ । यसले बोइङको गुणस्तरको प्रतिष्ठामा धक्का पुगेको विश्लेषण गरिएको छ ।
बोइङले परीक्षण उडानमा इञ्जिन र विमानको पखेटाबीचको संरचनात्मकमा समस्या पत्ता लगाएको छ । बोइङले जारी  गरेको विज्ञप्तिमा डिजाइन अनुसार काम नगरेको र समस्या भेटिएको उल्लेख छ । उक्त समस्याबारे पहिलो रिपोर्ट द एयर करेन्टले सार्वजनिक गरिसकेको छ ।
विश्वकै सबैभन्दा ठूलो र कुशल दुई इन्जिनयुक्त जेट भनि बोइङले दाबी गरेको ७७७एक्सले २०२० मा सार्वजनिक गर्ने योजना थियो । सोहीअनुरुप हालसम्म कम्पनीले सयौँको संख्यामा विमान उत्पादन र बिक्री गरिसक्ने अपेक्षा थियो । तर संरचनागत समस्या देखिएपछि यसको समय र लागत दुवै बढेको छ ।
विमान निर्माणमा नयाँ समस्या देखिएपछि सन् २०२५ हुने भनिएको प्रक्षेपणको समय थप ढिला हुनसक्ने जनाइएको छ । सन् १९९५ मा ७७७ विमान सार्वजनिक भएपछि यसको सफलता हालसम्म कायम छ । यो अहिले पनि सर्वाधिक बिक्री हुने विमानमा पर्छ । कम्पनीले ७७७एक्सले एयरलाइन्सको नयाँ भर्सन ल्याउन लागिएको जनाइएको छ । जसलाई  ७७७–३००ईआर भनिएको छ ।
यो नयाँ समस्या बोइङका लागि अर्को झट्का हो । कम्पनीले यस वर्षको सुरुमा अलास्का एयरलाइन्सद्वारा सञ्चालित ७३७ म्याक्स उडानमा एउटा ढोकाको प्लगको बीचमा भएको विस्फोटपछि सुरक्षासम्बन्धी समस्यामा अल्झिएको छ । बोइङले कागजी कार्यको अभावले गर्दा ढोकाको प्लगलाई ठिक ठाउँमा राख्न आवश्यक चारवटा बोल्ट विमान फैक्ट्रीबाट बाहिर निस्कनुअघि नै जडान नगरिएको जनाएको छ । बोइङले सन् २०१९ यता  ३३ अर्ब डलर गुमाएको छ । बोइङको शेयर मूल्य यस वर्ष करिब ३० प्रतिशतले ओरालो लागेको छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal